तपाईँको अवस्था अनुसार बाटो छान्नुहोस्

Qatar मा बसिरहनुभएको छ कि बाहिरबाट आउँदै हुनुहुन्छ, त्यसअनुसार दुई बाटो छन्।

पहिले ID, पछि Company

बाहिरबाट ID बनाएर Qatar आउने

Qatar Residence छैन भने, पहिले ID बनाएर आउने बाटो

  • ID बनाउनका लागि पूरा सहयोग
  • Visa निकाल्ने र QVC को पेमेन्ट
  • सुरुदेखि अन्त्यसम्म सबै चरण
  • Basic Insurance, कार्ड हातमा आउँदासम्म

ID आएपछि Qatar मा CR (Company) बनाउन सकिन्छ। यो स्थायी समाधान होइन: आफैँले Signature गर्ने भए मात्र उपयुक्त हुन्छ।

यो बाटो बारे सोध्नुहोस्

Business activity अनुसार थप सरकारी शुल्क लाग्न सक्छ। Consultation मा पूरा हिसाब देखाइन्छ।

मूल्य Qatar को नियम र activity अनुसार फरक पर्न सक्छ।

Signatory: यो कुरा सुरुमै मिलाउनुहोस्

Company बनाउँदा को Signature गर्ने भन्ने कुराले पछिको खर्च र झन्झट तय गर्छ।

Passport बाट पनि बन्छ, तर...

बाहिरबाट Passport मा पनि Company बनाउन मिल्छ। तर पछि Signatory बदल्न वा Update गर्दा अतिरिक्त खर्च लाग्छ। Bank मा Signature चल्ने व्यक्ति नभए बैंकका काम पनि अड्किन्छ।

हाम्रो सुझाव

  • कम्तीमा एक partner Qatar मा बस्ने हुनुपर्छ।
  • Qatari नागरिक हुनु पर्दैन, Qatar Residence भए पुग्छ।
  • उहाँकै Signature बैंक र अन्य कामहरूमा चल्छ।
  • Residence नभए: पहिले ID बनाएर आउने बाटो छ (माथि हेर्नुहोस्)।

४ चरणमा तपाईँको Qatar Company

  1. १

    Free Consultation

    Business activity, Signatory र सही बाटो छान्ने।

  2. २

    Name Approval र Firm Opening

    Company नाम स्वीकृत गराई Single Window मा Firm खोल्ने।

  3. ३

    CR, Card र Permit

    Commercial Registration, Establishment Card, AOA र Commercial Permit।

  4. ४

    Visa Quota

    १० Visa को Quota निकालेसम्म हामी साथमा। त्यसपछि प्रति Visa खर्च तपाईँको आफ्नै हुन्छ।

के के documents चाहिन्छ?

Company को लागि

  • हरेक partner को Passport copy
  • Passport size फोटो
  • Qatar मा हुनुहुन्छ भने Qatar ID र Residence copy
  • Company का ३ वटा नाम (प्राथमिकताअनुसार)
  • गर्न चाहेको business activities

Signatory को लागि

  • Qatar Residence भएको व्यक्तिको ID copy
  • Bank मा चल्ने Signature

अन्तिम सूची activity र nationality अनुसार फरक हुन सक्छ। Consultation मा पूरा सूची दिन्छौँ।

धेरैले सोध्ने प्रश्न

Qatar मा विदेशीले पनि आफ्नै Company खोल्न मिल्छ?

मिल्छ। तर Signatory र Bank को कुरा सुरुमै मिलाउनु राम्रो हुन्छ, नत्र पछि अतिरिक्त खर्च र झन्झट हुन्छ।

Signatory को लागि Qatari नागरिक चाहिन्छ?

चाहिँदैन। Qatar मा बस्ने Residence भएको व्यक्ति भए पुग्छ, जसको Signature बैंक र अन्य कामहरूमा चल्छ।

१० Visa Quota भनेको के हो?

तपाईँको Company ले १० जनासम्मका लागि Visa निकाल्न पाउने सीमा हो। सबै Visa तुरुन्तै लिनै पर्छ भन्ने होइन।

ID पहिले बनाएर Qatar आउनुको अर्थ के हो?

Qatar Residence नभएकाहरूले पहिले ID बनाउँछन्, त्यसपछि Qatar मा Company (CR) बनाउँछन्। यो आफैँले Signature गर्ने अवस्थाका लागि मात्र उपयुक्त हो, स्थायी समाधान होइन।

Package मा के के समावेश छ?

Name Approval, Single Window मा Firm Opening, CR, Establishment Card, AOA, Commercial Permit, १० Visa Quota, Visa Quota निकाल्ने बेलासम्मका सबै काम। QVC को पेमेन्ट र Basic Insurance Package मा पर्दैनन्। Visa निकालेपछि प्रति Visa लाग्ने खर्च तपाईँको आफ्नै हुन्छ।

Package मा सबै खर्च आउँछ?

Package मा माथि लेखिएका सेवा समावेश छन्। Activity अनुसार लाग्ने थप सरकारी शुल्क र नियमित खर्च अलग हुन सक्छ। Consultation मा पूरा हिसाब देखाइन्छ।

WhatsApp मा सोध्नुहोस्